नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनको समय नजिकिएसँगै उम्मेदवार र उनीहरूका समर्थक प्रतिनिधिसँग मत माग्न व्यस्त भएका छन्। राष्ट्रियसभा गृह र महाधिवेशनस्थल आसपास उम्मेदवार तथा कार्यकर्ताले आफ्ना पक्षका उम्मेदवारलाई जिताउन प्रतिनिधिसँग भेटघाट र प्रचारलाई तीव्र बनाएका छन्। पर्चा बाँड्नेदेखि विभिन्न नयाँ शैली अपनाएर समेत मत माग्ने क्रम चलेको छ। सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर […]
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ। महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ भने देशभरबाट आएका ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले नेतृत्व चयनमा मताधिकार प्रयोग गर्नेछन्। उम्मेदवारी दर्ताका लागि केन्द्रीय निर्वाचन समितिले काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरेको छ। सभागृहको भित्री पर्खालमा महाधिवेशन प्रतिनिधिको नामावलीसमेत टाँसिएको छ। […]
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रका लागि तयार पारिएका तीनवटा हललाई मुलुकको भौगोलिक विविधता झल्किने गरी नाम दिइएको छ। महाधिवेशनको बन्दसत्र सञ्चालन हुने हलहरूलाई ‘हिमाल’, ‘पहाड’ र ‘तराई-मधेश’ नामकरण गरिएको हो। तीनवटै हलको सजावटमा पनि फरक–फरक रङ प्रयोग गरिएको छ। पार्टीको नीति, नेतृत्व र आगामी कार्यदिशासँग जोडिएका विषयमा छलफल हुने महाधिवेशनको बन्दसत्र कांग्रेसको निर्णय प्रक्रियाको महत्त्वपूर्ण […]
सरकारले दुई पटकसम्म इन्टरपोलमार्फत नेपाल ल्याउने प्रयास गरेको भनिएका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किने भएका छन्। देउवालाई स्वागत गर्न उनीनिकट नेता तथा कार्यकर्ताहरू दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने तयारीमा छन्। देउवा साउन २८ गते दिउँसो करिब साढे १२ बजे थाई एयरवेजको विमानमार्फत काठमाडौं आइपुग्ने बताइएको छ। यसअघि उनी […]
सत्ता साझेदारीका क्रममा गरिएको आलोपालो नेतृत्वको सहमति कार्यान्वयन नभएको भन्दै नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ। कांग्रेसबाट सरकारमा सहभागी चारै मन्त्रीले सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारको राजनीतिक आधार कमजोर बनेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, […]
नेपालको भूमि र राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा फेरि विवाद चर्किएको छ। नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले नेपाललाई नै ‘सीमा अतिक्रमणकारी’ देशका रूपमा प्रस्तुत गर्न खोजेको आरोप लगाउँदै संसद्मा आएर सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै राईले नेपालले छिमेकी भारतको कुनै भूभाग नमिचेको दाबी […]
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार ललितपुरस्थित सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। समितिका सचिव दिनेश थापामगरले जारी गरेको सूचनाअनुसार बैठकका लागि समितिका सबै सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा पार्टीभित्रको अनुशासनसम्बन्धी विषय, समितिमा प्राप्त भएका उजुरी तथा ती उजुरीमाथिको प्रक्रियाबारे छलफल हुने जनाइएको छ। यस्तै, आगामी दिनमा समितिले अवलम्बन गर्ने […]
नेपाल र भारतबीचको सीमा विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिले राजनीतिक विवाद निम्त्याएको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको केही भूमि मिचेको जानकारी आफूले पाएको बताएका थिए। प्रधानमन्त्रीको यही भनाइलाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपाले कडा आपत्ति जनाएका छन्। दुवै दलका सांसदहरूले यस्तो संवेदनशील विषयमा तथ्य […]