रास्वपा संसदीय दलको बैठक सुरू, मन्त्री र सांसद छलफलमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद र सरकारमा सहभागी मन्त्रीहरूको कामको समीक्षा गर्न संसदीय दलको छलफल सुरू गरेको छ। पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकका लागि मन्त्री तथा सांसदहरू संसदीय दलको कार्यालयमा जुटेका हुन्। बैठकमा पछिल्लो समय सांसदहरूले गरेका गतिविधि, संसदमा पार्टीको भूमिका तथा सरकारमा रास्वपाको उपस्थितिलाई लिएर छलफल भइरहेको छ। पार्टीका तर्फबाट सरकारमा रहेका […]

रास्वपाले निर्णय सच्यायो, शोम शर्मा नै केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यको नामावलीमा गरेको हेरफेर सच्याउँदै शोम शर्मालाई नै केन्द्रीय सदस्य कायम गर्ने अन्तिम निर्णय गरेको छ। चितवनमा सम्पन्न महाधिवेशनको आन्तरिक निर्वाचनमा गण्डकी प्रदेशतर्फ चौथो धेरै मत ल्याएका शर्मालाई हटाएर उनीभन्दा कम मत प्राप्त गरेकी पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएपछि पार्टीको निर्णय विवादमा परेको थियो। चौतर्फी आलोचना र मतपरिणाममाथि […]

रास्वपा महाधिवेशनमा नबोलाइएपछि मुकुल ढकालले के भने?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक तात्कालीन महामन्त्री डा. मुकुल ढकालले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा आफूलाई निम्तो नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। रास्वपाको पाँचौँ स्थापना दिवस तथा प्रथम महाधिवेशन सुरु भएको अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ढकालले पार्टी स्थापनादेखिको संघर्षपूर्ण यात्राको स्मरण गरेका छन्। ‘ठीक चार वर्षअघि आजकै दिन हामीले राष्ट्रिय स्वतन्त्र पार्टी […]

रास्वपा महाधिवेशनमा को–को पुगे?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवनमा औपचारिक रूपमा सुरु भएको छ। उद्घाटन सत्रमा प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगनकुमार थापा एउटै मञ्चमा उपस्थित भएका छन्। महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन कांग्रेस सभापति थापा चितवन पुगेका हुन्। यसअघि कांग्रेसले उपसभापति पुष्पा भुसाललाई पठाउने तयारी गरे पनि […]

फर्किएँ भने २ महिना सेल्फी निषेध: सुधन गुरुङ

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुन सहयोग पुर्‍याउन आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा बसेपछि उठ्ने प्रश्नहरूको जवाफ दिन तयार रहनुपर्ने बताउँदै आफू छानबिन प्रक्रियामा पूर्ण रूपमा सहभागी भएको बताए। छानबिन समितिसमक्ष […]

दिल्लीमा रवि–भाजपा भेट, चासोको केन्द्रमा रास्वपाको भारत भ्रमण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा आज भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्तामा सहभागी हुँदैछन्। भाजपा नेता नितिन नवीनको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा मुख्यालयमा विभिन्न उच्च तहका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। रास्वपाका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, […]