विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग होर्मुज जलडमरूमध्यलाई लिएर अमेरिका र इरान फेरि प्रत्यक्ष सैन्य टकरावमा उत्रिएका छन्। व्यापारिक पानीजहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाउँदै अमेरिकी सेनाले इरानभित्र करिब १४० सैन्य लक्ष्यमा प्रहार गरेको छ। त्यसको जवाफमा तेहरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य संरचना लक्षित गरी मिसाइल र ड्रोन पठाएको दाबी गरेको छ। […]
अमेरिका र इरानबीच फेरि चर्किएको सैन्य तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर देखिन थालेको छ। बुधबार कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेपछि विश्व बजारमा आपूर्तिको भविष्यलाई लिएर नयाँ चिन्ता थपिएको छ। विशेषगरी विश्वकै महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा बढेको असुरक्षाले लगानीकर्ता र ऊर्जा बजारलाई झस्काएको छ। अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण गरेको पुष्टि गर्दै यो कदम […]
अमेरिका र इरानबीच महिनौंदेखि जारी सैन्य तनाव अन्त्य गर्ने दिशामा महत्वपूर्ण राजनीतिक सहमति भएको दाबी गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश युद्ध रोक्न र स्थायी शान्ति प्रक्रियातर्फ अघि बढ्न सहमत भएको घोषणा गरेका छन्। शरीफका अनुसार सम्झौतामा हस्ताक्षर आगामी जुन १९ मा स्विट्जरल्याण्डमा हुने तयारी छ। पाकिस्तानले वार्तामा मध्यस्थकर्ताको भूमिका खेलेको बताइएको छ। […]
मध्यपूर्वमा बढ्दो अनिश्चितताले विश्व ऊर्जा बजारलाई फेरि झस्काएको छ। इरानले अमेरिकासँग भइरहेका वार्ताहरू स्थगित गरेको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय तेल बजारमा तीव्र प्रतिक्रिया देखिएको छ। केही सातादेखि घट्दो क्रममा रहेको कच्चा तेलको मूल्य एकै दिनमा उल्लेख्य रूपमा उकालो लाग्यो। ब्रेन्ट क्रुड प्रति ब्यारेल करिब ९५ डलर नजिक पुगेको छ भने अमेरिकी बेन्चमार्क डब्लुटीआई पनि ९२ […]