लामो समयदेखि राष्ट्रिय चासोमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड तहमा भइरहेका काम र स्थानीयस्तरका विषयबारे गृहमन्त्री सुधन गुरुङले स्थलगत जानकारी लिनुभएको छ। गोरखाको गण्डकी गाउँपालिका–१ स्थित भिम्चुलिनारमा रहेको बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय पुगेर उहाँले आयोजनाको पछिल्लो अवस्था बुझ्नुभएको हो। कार्यालय भ्रमणका क्रममा मन्त्री गुरुङले सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष छलफल गर्नुभएको थियो। त्यसक्रममा फिल्ड कार्यालयबाट […]
निर्मला पन्तले न्याय कहिले पाउँछिन्? यो प्रश्न सोध्ने अधिकार आम नागरिकलाई छ। पत्रकार र सञ्चारमाध्यमलाई पनि यो प्रश्न उठाउने पूर्ण अधिकार छ। तर निर्मला पन्त प्रकरणपछि पटक–पटक सरकारको नेतृत्व गरेका कांग्रेस, एमाले र माओवादीका नेताहरूले यही प्रश्न उठाउँदा उनीहरूको नैतिकतामाथि भने प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना हिजो वा अस्तिको होइन। […]
नागरिकसँग गरिने सम्झौता अब उधारो होइन, हाताहाती हुन्छ भन्ने एउटा गतिलो उदाहरण आज गृहमन्त्रीले देखाइदिएका छन्। मिटरब्याजपीडित र सरकारबीच वार्ता सुरु भएको ६ घण्टाभन्दा बढी भइसकेको छ, तर अझै सहमति हुन सकेको छैन। वार्ताका क्रममा मिटरब्याजपीडितहरूले यस विषयमा छानबिन गर्न गठन गरिएका तीनवटै आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका थिए। पीडितहरूको मागपछि गृहमन्त्री सुदन गुरुङले […]
आफ्नो पीडा सुनाउन वीरगञ्जदेखि पैदल यात्रा गरेर काठमाडौं आइरहेका मिटरब्याजपीडितहरूलाई भेट्न आज गृहमन्त्री सुदन गुरुङ बारा पुगेका छन्। आफ्ना नागरिकलाई पीडामा देखेपछि कहिले माइतीघर, कहिले वीर अस्पताल, कहिले होल्डिङ सेन्टर त कहिले बारासम्म पुग्ने गृहमन्त्रीको यो कार्य अत्यन्त प्रशंसनीय छ। यो बर्खामा कहिले पानीले भिज्दै त कहिले चर्को घामले पोलिँदै काठमाडौं आइरहेका पीडितहरूको खुट्टामा फोका […]
सरकार गठन हुँदा गृहमन्त्री सुदन गुरुङको नियुक्तिमाथि प्रश्न उठाउनेहरूको संख्या सानो थिएन। सामाजिक सञ्जालमा उनको अनुभव, क्षमता र मन्त्रालय सम्हाल्ने योग्यतालाई लिएर तीखा टिप्पणी भए। नयाँ सरकारले सुरुमै गलत पात्र रोजेको निष्कर्षसमेत निकालियो। सरकार बनेको करिब चार महिना पुग्न लाग्दा भने गुरुङ फरक भूमिकामा देखिएका छन्। पछिल्ला दुई संवेदनशील घटनामा उनको प्रत्यक्ष उपस्थितिले कम्तीमा एउटा […]
चितवनको होटल लर्ड्स प्लाजामा गृहमन्त्री सुदन गुरुङले खाइरहेको कुखुराको अन्डाको अम्लेटमा माछाको काँडा भेटिएको घटना हिजो देखि सामाजिक सञ्जाल र सार्वजनिक बहसको मुख्य विषय बनेको छ। घटनापछि सम्बन्धित निकायले होटलमा अनुगमन गरी ३ लाख रुपैयाँ जरिवाना गर्यो भने होटलका दुई कर्मचारीसँग प्रहरीले सोधपुछ समेत गर्यो। तर रोचक कुरा के छ भने, अहिले बहस होटलको लापरबाहीभन्दा […]
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब ८ वर्ष पुग्न लाग्दा पनि घटनाका वास्तविक दोषी सार्वजनिक हुन सकेका छैनन्। लामो समय बितिसक्दा समेत पीडित परिवारले न्याय नपाएको भन्दै विभिन्न समयमा नागरिक समाज, मानव अधिकारकर्मी तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएका छन्। २०७५ साउन १० गते भीमदत्त नगरपालिका–२, उल्टाखामकी निर्मला पन्त विद्यालयबाट […]
गृहमन्त्री बनेको २६ दिनमै राजीनामा दिएका सुदन गुरुङ ४८ औँ दिनमा पुनः गृह मन्त्रालय फर्किएका छन्। गृह मन्त्रालयमा उनको पुनरागमनलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई साहसिक कदमका रूपमा स्वागत गरेका छन् भने केहीले सुशासनको मापदण्डमाथि प्रश्न उठाएका छन्। त्यस्तै, केही व्यक्तिहरू भने आफ्ना पुराना फाइलहरू पुनः खुल्ने सम्भावनाले चिन्तित भएको चर्चा पनि भइरहेको […]
आज भएको मन्त्रिपरिषद् विस्तारसँगै केही साताअघि विवादका कारण गृहमन्त्री पदबाट बाहिरिएका सुधन गुरुङ पुनः सरकारमा फर्किएका छन्। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा गुरुङले फेरि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् भने प्रतिनिधिसभा सदस्य महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका छन्। दिउँसो ३ बजेका लागि तय गरिएको शपथ कार्यक्रम झण्डै डेढ घण्टा ढिला सुरु भएको […]
पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुन सहयोग पुर्याउन आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा बसेपछि उठ्ने प्रश्नहरूको जवाफ दिन तयार रहनुपर्ने बताउँदै आफू छानबिन प्रक्रियामा पूर्ण रूपमा सहभागी भएको बताए। छानबिन समितिसमक्ष […]