प्रधानमन्त्री बालेन शाहले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय भएको बताएका छन्। हाल ३३ स्थानीय तहबाट यस्तो सेवा प्रवाह भइरहेको उल्लेख गर्दै उनले नागरिकलाई जग्गासम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् : ‘गाउँ गाउँमा सिंहदरबार’ : […]
नेकपा एमालेका सचिव महेश बस्नेतले अमेरिकी अनलाइन प्रकाशन ‘द ग्रे जोन’को रिपोर्टमा नाम जोडिएका नेपाली राजनीतिक व्यक्तिहरूले त्यसमा उठाइएका प्रश्नबारे सार्वजनिक रूपमा स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। रिपोर्ट गलत भए तथ्यका आधारमा खण्डन गर्नुपर्ने उनको भनाइ छ। आइतबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले राजनीतिक विश्लेषक भरत […]
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विभिन्न देशका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गरेका छन्। सिंहदरबारमा केहीबेरअघिदेखि प्रधानमन्त्री शाह र राजदूतहरूबीच एक्लाएक्लै भेटवार्ता भइरहेको छ। यसअघि उनले राजदूतहरूसँग सामूहिक रूपमा छलफल गरेका थिए। सामूहिक भेटपछि प्रधानमन्त्री शाहले आज राजदूतहरूसँग अलग–अलग संवाद अघि बढाएका हुन्। भेटवार्तामा कुन–कुन विषयमा छलफल भइरहेको छ भन्नेबारे भने तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन।