कक्रोच पार्टीको नयाँ अल्टिमेटम

दिल्लीको जन्तर–मन्तरमा भएको पहिलो ठूलो सडक प्रदर्शनपछि कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्नो आन्दोलन अझै तीव्र बनाउने संकेत दिएको छ। पार्टीका संस्थापक अभिजित दिपकेले शिक्षा प्रणालीमा देखिएका अनियमितता र भर्ती प्रक्रियासम्बन्धी विवादलाई लिएर सुरु गरिएको अभियान अब देशव्यापी चरणमा प्रवेश गर्ने बताएका छन्। प्रदर्शनको भोलिपल्ट समर्थकहरूलाई धन्यवाद दिँदै दिपकेले युवाहरू अब डराएर बस्ने अवस्थामा नरहेको […]

दिपकेको आन्दोलनमा वाङचुक

भारतको शिक्षा प्रणालीमाथि उठिरहेका प्रश्नबीच शनिबार नयाँदिल्लीको जन्तरमन्तरमा भएको प्रदर्शनमा सामाजिक अभियन्ता सोनाम वाङचुक सहभागी भएका छन्। राष्ट्रियस्तरका परीक्षामा देखिएका अनियमितता र प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर युवा केन्द्रित कक्रोच जनता पार्टी (सीजेपी) ले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विरोध कार्यक्रम आयोजना गरेको हो। हातमा गुलाफको फूल बोकेर प्रदर्शनस्थल पुगेका वाङचुकले शिक्षा क्षेत्रसँग सम्बन्धित […]

कक्रोच र मोदि, के हुदैछ भोलि ?

भारतमा १३ वर्ष मुख्यमन्त्री र १२ वर्ष प्रधानमन्त्रीको रूपमा एकछत्र राजनीतिक प्रभाव कायम गरेका नरेन्द्र मोदीविरुद्ध अब नयाँ पुस्ताका युवाहरू आन्दोलनमा उत्रने तयारीमा देखिएका छन्। सामाजिक सञ्जालमा हासिमजाकका रूपमा सुरु भएको ‘कक्रोच जनता पार्टी’ (Cockroach Janta Party – CJP) ले भोलिदेखि दिल्लीमा आन्दोलन गर्ने घोषणा गरेको छ। भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले एक बहसका क्रममा […]

व्यंग्यबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’ अब आन्दोलनमा

भारतमा सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आफ्नो अभियानलाई केवल अनलाइन व्यंग्यमा सीमित नराखी सार्वजनिक आन्दोलनको रूप दिन खोजेको संकेत दिएको छ। पार्टीका संस्थापक अभिजीत दिपकेले अब नागरिकका आवाजलाई संगठित रूपमा उठाउने अभियान अघि बढाइने बताएका छन्। दिपकेले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमार्फत आफू जुन ६ मा भारत फर्किने र त्यसपछि नयाँ […]

भारतमा कक्रोच जनता पार्टी विरुद्ध उदायो ओगी जनता पार्टी

सामाजिक सञ्जालको राजनीतिक व्यङ्ग्य अहिले नयाँ मोडमा पुगेको छ। केही साताअघि ‘कक्रोच जनता पार्टी’ नामबाट सुरु भएको डिजिटल अभियानले भारतीय युवाहरूको बेरोजगारी, निराशा र राजनीतिक असन्तुष्टिलाई व्यङ्ग्यात्मक भाषामा अभिव्यक्त गरिरहेको बेला अब त्यसको प्रतिपक्षी दाबी गर्दै ‘ओगी जनता पार्टी’ अनलाइनमा देखा परेको छ। इन्टरनेटमा सुरु भएको यो टकराव परम्परागत राजनीतिक प्रतिस्पर्धाजस्तो होइन। यहाँ चुनाव छैन, […]