संसदमा हर्कको कटाक्ष– ‘म पनि एकछिन निदाउँछु’

प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठकमै मन्त्री महावीर पुनलाई लक्षित गर्दै व्यंग्य गरेका छन्। केही दिनअघि राष्ट्रियसभाको बैठकमा पुन निदाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको प्रसंग निकाल्दै साम्पाङले आफूलाई पनि ‘निदाउने सुविधा’ चाहिएको टिप्पणी गरेका हुन्। प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा साम्पाङले भने, “यहाँ पनि निदाउने सुविधा भए जानकारी होस्, म […]

हर्कको झटारो– ‘रास्वपा सरकार टोटली फेल हुन लाग्यो’

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सार्वजनिक असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको कार्यसम्पादनमाथि सीधा प्रश्न उठाएका हुन्। साम्पाङले आफ्नो फेसबुक पोस्टमा ‘रास्वपा सरकार पूर्ण रूपमा असफल हुन लाग्यो’ भन्ने आशय व्यक्त गरेका छन्। छोटो तर स्पष्ट उक्त टिप्पणीमार्फत उनले सरकारप्रतिको असन्तोष सार्वजनिक गरेका […]

प्रधानमन्त्री बालेनलाई हर्कको सन्देश– १० गते प्रश्नको वर्षा हुने संकेत

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत अर्थपूर्ण टिप्पणी गरेका छन्। प्रधानमन्त्री बालेन १० गते सदनमा बोल्न आउने चर्चा रहेको उल्लेख गर्दै साम्पाङले यसपटक उनीमाथि धेरै प्रश्न आउने संकेत गरेका हुन्। साम्पाङले फेसबुकमा लेखेका छन्, “बालेन जी यो १० गते सदनमा बोल्न आउने कुरा छ ! […]

‘भदौ २३–२४ का दोषीलाई कारबाही गरे सदन आधा रित्तिन्छ’ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनाका दोषीहरूमाथि कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्। साम्पाङले शुक्रबार आफ्नो फेसबुक पेजमार्फत “भदौ २३ र २४ को दोषीहरू सबैलाई कारबाही गर्ने हो भने सदन आधा रित्तिने देखिन्छ” भन्दै व्यंग्यात्मक टिप्पणी गरेका हुन्। उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चा भइरहेको […]

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ, अवस्था सामान्य

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बाटोमै उनी दुर्घटनामा परेका हुन्। दुर्घटनामा साम्पाङको हातमा सामान्य चोट लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको पार्टी स्रोतले जनाएको छ। चोट लागेपछि पनि उनी निर्धारित कार्यक्रममा सहभागी हुन पुगेका थिए। घटनापछि पार्टीका वरिष्ठ नेता सुदन […]

भारत जान लागेका रविलाई हर्कको व्यंग्य – “लिपुलेक–लिम्पियाधुरा पनि फर्काएर आउनुहोस्”

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने को भारत भ्रमणको तयारी भइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन्। भारत भ्रमणको चर्चा चलिरहेका बेला साम्पाङले लामिछानेलाई लिपुलेक–लिम्पियाधुरा मुद्दा पनि भारतसँग उठाउन सुझाव दिएका हुन्। साम्पाङले फेसबुकमा लेखेका छन्, “रबी लामिछाने जी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा […]