सबै सकियो, तर घमण्ड उस्तै रह्यो

छँदाखाँदाको प्रधानमन्त्री पद गयो। संसदमा दोस्रो दलको हैसियत गयो। आफूसहित ७८ जनाको सांसद पद गयो, र बालकोटमा भएको दामी घर पनि गयो। भएभरको सबै चिज गयो। तर पनि घमण्ड र अहंमता भने जाँदै गएन। यी महान् व्यक्ति हुन् केपी शर्मा ओली। ओलीले अरू त अरू अब त आफ्नो आलोचना गर्ने आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई […]

नागढुंगा सुरुङमार्ग विवादमा ज्ञानेन्द्र शाहीको टिप्पणी

नागढुंगा सुरुङमार्गसँग सम्बन्धित नामकरणको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीको फेसबुक पोस्टले पनि चर्चा पाएको छ। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्ने चर्चालाई आधार बनाउँदै नेपालको पूर्वराजतन्त्रकालीन संरचना, सार्वजनिक सम्पत्ति र इतिहाससँग सम्बन्धित नाम परिवर्तनको प्रसंग उठाएका छन्। शाहीले आफ्नो पोस्टमा कुनै पनि […]

ओली–प्रचण्ड–माधव–झलनाथ एउटै मञ्चमा, वाम राजनीतिमा नयाँ संकेत?

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित विचार गोष्ठीले राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ। मदन भण्डारी फाउन्डेसनको आयोजनामा राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा देखिएपछि वाम राजनीति फेरि नयाँ मोडमा जान लागेको हो कि भन्ने बहस सुरु भएको छ। कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, […]

आरजु राणा जोडिएको राहदानी प्रकरण के हो?

तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाको घर बाहिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा सूचना टाँसेको छ। उक्त सूचनामा राहदानी छपाइ प्रकरणसँग सम्बन्धित उजुरीमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै ३ दिनभित्र बयान दिन उपस्थित हुन भनिएको छ। केही महिनाअघिसम्म नेपालकै सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्वमध्ये एक मानिएकी आरजु राणा हाल विभिन्न मुद्दामा पक्राउ पर्न सक्ने आशंकाका बीच देशबाहिर बस्दै आएकी […]

‘राणा शासन र राजतन्त्र ढल्यो, अराजकतन्त्र पनि ढल्छ’ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य संयन्त्रमा रहेका निकाय र व्यक्तिलाई संयमित हुन आग्रह गरेका छन्। समय र परिस्थिति सधैं एउटै नहुने भन्दै उनले अहिलेको अवस्थालाई स्थायी ठान्न नहुने बताएका हुन्। काठमाडौँमा बुधबारदेखि सुरु भएको एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै ओलीले राजनीतिक […]

गणतन्त्र दिवसमा ओलीको आह्वान: संविधान, संसद र प्रेसको रक्षा गरौं

गणतन्त्र दिवसको अवसरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, लोकतान्त्रिक संस्थाको सुदृढीकरण र नागरिक अधिकारको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनी लेख्छन्: “आज- ठीक अठार वर्षअघि हामी नेपालीले आफैंले निर्वाचित गरेको संविधानसभाद्वारा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन हो। जनताले आफ्ना लागि आफैंले शासनप्रणाली निर्धारण गर्ने […]

जेन्जी आन्दोलनबारे मानव अधिकार आयोगको २९ पृष्ठ रिपोर्टमा के छ ?

भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको २९ पृष्ठ लामो प्रतिवेदनले अहिले नेपाली राजनीति र सामाजिक वृत्तमा ठूलो बहस सिर्जना गरेको छ । आयोगले आफ्नो प्रतिवेदनमा आन्दोलन सुरु हुनुको कारण, आन्दोलन कसरी हिंसात्मक बन्यो, को–कोको भूमिका देखियो, सुरक्षाकर्मी कहाँ चुके, कसलाई अनुसन्धान गर्नुपर्छ र कसलाई कारबाही गर्न सिफारिस […]