दिल्लीको जुत्ता कारखानामा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते
भारतको राजधानी नयाँदिल्लीस्थित एक जुत्ता कारखानामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति करिब साढे ९ बजे मंगोलपुरी औद्योगिक क्षेत्रको फेज–१ स्थित जुत्ता कारखानामा आगलागी भएको हो। आगलागीपछि कारखानाभित्र बेहोस अवस्थामा फेला परेका छ जनालाई उद्धार गरी सञ्जय गान्धी मेमोरियल अस्पताल पुर्याइएको थियो। तीमध्ये चार जनालाई चिकित्सकले […]
