किन झापा जाँदैछिन् मन्त्री प्रतिभा रावल?
भूमिहीन तथा सुकुम्बासीका समस्या र सहकारीपीडितका गुनासा सुन्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक १६ गते झापा जाने भएकी छन्। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ। उनले सहकारीपीडित र स्थानीय नागरिकसँग पनि प्रत्यक्ष अन्तरक्रिया गर्नेछिन्। छलफलमा भूमिहीन तथा सुकुम्बासीले भोगिरहेका समस्या, भूमि […]
