रास्वपाको राजनीतिक रणनीति

रास्वपाको सचिवालय बैठक आज, रवि लामिछानेको अध्यक्षतामा महत्त्वपूर्ण छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आगामी कार्यदिशाबारे छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा राजनीतिक घटनाक्रमसँगै पार्टीका आन्तरिक साङ्गठनिक विषयले पनि प्राथमिकता पाउने भएका छन्। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सुरु हुनेछ। […]