बहराइनमा अमेरिकी राडारमा आक्रमण गरेको इरानको दाबी

इरानको आक्रमण दाबीपछि मध्यपूर्वमा तनाव बढ्यो, ट्रम्पले खाडी मुलुकको आग्रहमा थप सैन्य कारबाही रोकेको बताए।

पुष्पा तामाङ
पुष्पा तामाङ
Read this article also in :English हिन्दी
ट्रकमा जडित प्रणालीबाट मिसाइल प्रक्षेपण हुँदै।
ट्रकबाट मिसाइल प्रक्षेपण हुँदै।

मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले बहराइनस्थित अमेरिकी सेनाको पूर्वसूचना दिने राडार प्रणालीमा आक्रमण गरेको दाबी गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बिहीबार सिरिक सहरको दूरसञ्चार टावरमा भएको आक्रमणको जवाफस्वरूप अमेरिकी राडारलाई निशाना बनाएको जनाएको हो।

विज्ञापन
khoj2

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरब, कतारलगायत खाडी मुलुकको आग्रहमा इरानमाथि थप ठूलो सैन्य आक्रमण नगरेको बताएका छन्। उनले आवश्यक परे इरानका ऊर्जा संरचना, पुल र उद्योगहरू तीन दिनभित्र ध्वस्त पार्न सक्ने चेतावनीसमेत दिएका छन्।

इरानले अमेरिकाको सैन्य कारबाहीमा सहयोग गर्ने मुलुकलाई पनि आक्रमणमा सहभागी पक्ष मानिने चेतावनी दिएको छ।

तनावको असर हवाई सेवामा समेत परेको छ। हुथी समूहका आक्रमणका कारण अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले साउदी अरबका विभिन्न सहरमा उडान स्थगनको अवधि लम्ब्याएका छन्।

उता, लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको भविष्यबारे पनि अन्योल बढेको छ। अमेरिकी राजदूत माइक वाल्ट्ज अर्को साता लेबनान जाने तयारीमा छन्। अमेरिकाले डिसेम्बर ३१ मा म्याद सकिन लागेको युनिफिलको सट्टा नागरिक मिसन स्थापना गर्ने विकल्पबारे छलफल गरिरहेको छ।