बालेन–मोदीबीच कुराकानी, मोदीद्वारा दुःख व्यक्त, सहयोग गर्न तयार

नेपालमा बाढीका कारण भएको मानवीय क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै कठिन घडीमा भारत नेपाली जनताको साथमा रहेको बताएका छन्। उनले उद्धार तथा राहतका काममा आवश्यक मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेकोसमेत उल्लेख गरेका छन्। मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी भएको जानकारी दिएका हुन्। कुराकानीका क्रममा उनले बाढीबाट […]

प्रधानमन्त्री शाह र मन्त्री मेहताबीच कार्यसम्पादन सम्झौता

चालु आर्थिक वर्षमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट अघि बढाइने प्रमुख काम र हासिल गर्नुपर्ने उपलब्धिलाई स्पष्ट जिम्मेवारीसँग जोड्दै प्रधानमन्त्री वालेन्द्र शाह र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबीच कार्यसम्पादन सम्झौता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्री मेहताले सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि दुवै पक्षले सम्झौताको […]

बालेनमाथि दबाब, सरकारको जवाफ

सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर संसद्मा विवाद जारी रहेका बेला सरकारले प्रधानमन्त्री आवश्यक परे पुनः प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिन तयार रहेको जनाएको छ। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री सदनप्रति उत्तरदायी रहेको उल्लेख गर्दै उठेका प्रश्नको जवाफ दिनबाट सरकार नभाग्ने स्पष्ट पारे। प्रधानमन्त्री शाहले केही दिनअघि […]

बालेनमाथि झलनाथको प्रहार : ‘प्रधानमन्त्रीको पदमा बस्न सुहाउँदैन’

नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विवाद चर्किएको छ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शाहको भनाइलाई गम्भीर, गलत र राष्ट्रविरोधी भन्दै सार्वजनिक रूपमा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खनालले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको “नेपालले समेत भारतका जग्गा मिचेको” भन्ने अभिव्यक्तिलाई खतरनाक टिप्पणीको संज्ञा […]

सिमा विवाद बारे प्रधानमन्त्री बालेनको को बोलि रेकर्डबाट हटाउन माग

नेपाल र भारतबीचको सीमा विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिले राजनीतिक विवाद निम्त्याएको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको केही भूमि मिचेको जानकारी आफूले पाएको बताएका थिए। प्रधानमन्त्रीको यही भनाइलाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपाले कडा आपत्ति जनाएका छन्। दुवै दलका सांसदहरूले यस्तो संवेदनशील विषयमा तथ्य […]

‘भारतले मात्र होइन, नेपालले पनि भारतीय भूमि मिचेको रहेछ’ — प्रधानमन्त्री शाह

लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा तथा व्यापारिक मार्गको विषय फेरि राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्र बनेको छ। प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले यस विषयमा नेपाल सरकारले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको र त्यसको जवाफ समेत प्राप्त भइसकेको जानकारी दिएका छन्। प्रधानमन्त्रीका अनुसार नेपालले आफ्नो भूभागसँग सम्बन्धित विषयलाई औपचारिक कूटनीतिक माध्यमबाट उठाएको […]

प्रतिनिधिसभाबाट पारित भए बालेनका दुई महत्वपूर्ण विधेयक

प्रतिनिधिसभाले निर्वाचनसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयक सर्वसम्मतिबाट पारित गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरेको हो। यी दुवै विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गत वैशाख २५ गते संसदमा दर्ता गरेको थियो। प्रतिनिधिसभाबाट पारित भएसँगै अब विधेयक राष्ट्रिय […]