बाढी प्रभावितको राहत र पुनस्र्थापनाबारे आज मन्त्रिपरिषद् बैठक

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउने विषयमा निर्णय लिन प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा बाढीपछिको अवस्था र सरकारका तत्कालीन प्राथमिकतासहित समसामयिक विषयमा छलफल हुने बताइएको […]

रसुवा बाढी अपडेट: गृहमन्त्रीको निर्देशनमा थप सुरक्षा टोली परिचालन

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा क्षेत्रमा खोज, उद्धार र राहतको कामलाई तीव्र बनाउन सरकारले थप सुरक्षा टोली तथा उद्धार सामग्री परिचालन गरेको छ। प्रभावित क्षेत्रमा तत्काल आवश्यक जनशक्ति र सामग्री पुर्‍याउँदै उद्धार कार्यलाई प्रभावकारी बनाउने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का टोली खटाइएको हो। गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]

रसुवा बाढीमा बगेका सात जनाको शव फेला

रसुवाबाट आएको बाढीले बगाएका सात जनाको शव नुवाकोट र धादिङमा फेला परेको छ। बुधबार खोजी तथा उद्धारका क्रममा नुवाकोटमा तीन र धादिङमा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मीका अनुसार बुधबारसम्म सात जनाको शव फेला परेको हो। बुधबार बिहान करिब ९ बजे रसुवाको […]

रसुवा बाढी पीडितका लागि औषधि र टेन्ट पठाउँदै डब्ल्युएचओ

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र राहत व्यवस्थापन तीव्र बनाइएको छ। बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक उपचार सामग्री उपलब्ध गराउन विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले औषधि, स्वास्थ्य उपकरण र आपतकालीन टेन्ट पठाउने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग भएको कुराकानीपछि डब्ल्युएचओले एक हजार जनाका लागि पुग्ने […]

रसुवा बाढीमा उद्धार तीव्र, सेनाको हेलिकप्टर मेडिकल टोलीसहित त्रिशूलीतर्फ

रसुवाको भोटेकोशीमा आएको बाढी तल्लो तटीय क्षेत्रतर्फ फैलिँदै गएपछि सरकारले उद्धार, उपचार र राहतको तयारी तीव्र बनाएको छ। सम्भावित मानवीय क्षति न्यूनीकरण र घाइतेको तत्काल उपचारका लागि नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) काठमाडौंबाट त्रिशूलीतर्फ पठाइएको छ। सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार मेडिकल टोली बोकेको सेनाको एआई–१७ हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ […]

तिब्बतबाट भोटेकोसीमा ठूलो बाढी, मुग्लिनसम्म उच्च सतर्कता

तिब्बततर्फबाट भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेपछि रसुवादेखि मुग्लिनसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै भोटेकोसी र त्रिशूली नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न भनिएको छ। विशेषगरी रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी किनार तथा जोखिममा रहेका बस्तीका परिवारलाई अर्को सूचना […]