झापामा जग्गाको स्वामित्व प्राप्तिका लागि ६० हजारभन्दा बढी परिवारले आवेदन दिएका छन्। भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न थालिएको प्रक्रियामा ठूलो सङ्ख्यामा निवेदन परेपछि जग्गा व्यवस्थापन र धनीपुर्जा वितरणको कामलाई प्राथमिकता दिइएको छ। भूमि समस्या समाधान समिति झापाका अनुसार जिल्लाभर ६० हजार ५७० परिवारको आवेदन दर्ता भएको छ। समितिका अध्यक्षसमेत रहेका प्रमुख […]
वर्षौंदेखि आफू बसेको जमिनमा घर–व्यवहार चलाउँदै आए पनि स्वामित्व पुष्टि गर्ने कागज नहुँदा अन्योलमा रहेका धनुषाका २४२ परिवारको प्रतीक्षा अन्ततः टुंगिएको छ। क्षिरेश्वरनाथ नगरपालिका–२ का ती परिवारले नापजाँच भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका हुन्। साविक रमदैया भवाडी गाविसका वडा नं. १, ५ र ९ अन्तर्गत पर्ने क्षेत्रमा स्ववासीका रूपमा बसोबास गर्दै […]
वर्षौंदेखि जग्गा भोगचलन गरे पनि स्वामित्वको प्रमाण नपाएका भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या बुझ्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सुदूरपश्चिमका स्थानीय तहमा पुगेकी छन्। कैलाली र कञ्चनपुरका विभिन्न पालिका पुगिरहेकी मन्त्री रावलले लालपुर्जा वितरणका लागि स्थानीय र जिल्ला तहबाट पूरा गर्नुपर्ने कामलाई प्राथमिकतामा राख्न जनप्रतिनिधि तथा सम्बन्धित निकायलाई आग्रह गरेकी […]
धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारका लागि झन्डै एक दशकदेखिको जग्गा स्वामित्वसम्बन्धी प्रतीक्षा अन्त्य भएको छ। वर्षौंदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको हो। साबिक मिथलेश्वर महुवाही गाविसअन्तर्गत वडा नं. १ देखि ९ सम्मका स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/०७३ मै सम्पन्न […]
डडेलधुराको अजयमेरु गाउँपालिका–२ का सात अव्यवस्थित बसोबासी परिवारले अन्ततः आफ्नै नाममा जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि बसोबास गर्दै आए पनि कानुनी रूपमा जग्गाको स्वामित्वबाट वञ्चित रहेका ती परिवार अब राज्यको अभिलेखमा आधिकारिक जग्गाधनीका रूपमा दर्ता भएका छन्। जिल्ला भूमि समस्या समाधान समिति, डडेलधुराले आयोजित कार्यक्रममा सम्बन्धित परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो। […]