झापामा जग्गाको स्वामित्व प्राप्तिका लागि ६० हजारभन्दा बढी परिवारले आवेदन दिएका छन्। भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न थालिएको प्रक्रियामा ठूलो सङ्ख्यामा निवेदन परेपछि जग्गा व्यवस्थापन र धनीपुर्जा वितरणको कामलाई प्राथमिकता दिइएको छ। भूमि समस्या समाधान समिति झापाका अनुसार जिल्लाभर ६० हजार ५७० परिवारको आवेदन दर्ता भएको छ। समितिका अध्यक्षसमेत रहेका प्रमुख […]
भूमिहीन नागरिकका समस्या र गुनासा बुझ्न बस्तीमै पुगेकी मन्त्री प्रतिभा रावलले झापा भ्रमण सम्पन्न गरेकी छन्। भ्रमणका क्रममा उनले अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन परिवारसँग प्रत्यक्ष संवाद गर्दै जग्गाको स्वामित्व र लालपुर्जा वितरणसँग सम्बन्धित समस्या सुनेकी हुन्। स्थानीय नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले उनीहरूका गुनासा, अपेक्षा र समस्या समाधानका लागि आवश्यक पहलका विषयमा छलफल गरिन्। उनले […]
भूमिहीन तथा सुकुम्बासीका समस्या र सहकारीपीडितका गुनासा सुन्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक १६ गते झापा जाने भएकी छन्। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ। उनले सहकारीपीडित र स्थानीय नागरिकसँग पनि प्रत्यक्ष अन्तरक्रिया गर्नेछिन्। छलफलमा भूमिहीन तथा सुकुम्बासीले भोगिरहेका समस्या, भूमि […]
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक सुकुम्बासीलाई सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तामाङले सुकुम्बासीको समस्या समाधान नभए खुकुरी प्रहार गर्ने चेतावनी दिँदै सामाजिक सञ्जालमा खुकुरी देखाएको भिडियो सार्वजनिक गरेका थिए। उक्त घटनालाई सार्वजनिक शान्तिमा […]