निर्मल पूर्जाको अन्त्येष्टिका लागि सांसद इन्दिरा राना बेलायत प्रस्थान

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
निर्मल पूर्जाको अन्त्येष्टिका लागि सांसद इन्दिरा राना बेलायत प्रस्थान

पूर्वउपसभामुख तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायत प्रस्थान गरेकी छन्।

राना मगर सोमबार लण्डनतर्फ प्रस्थान गरेकी हुन्। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पूर्वगोर्खा सैनिक पूर्जाको अन्त्येष्टि अगस्ट २६ मा दक्षिण पश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा हुँदैछ।

विज्ञापन
khoj2

बेलायती नागरिकता लिएका पूर्जाको अन्त्येष्टि इंग्ल्याण्डमै गर्न लागिएको हो। उनको अन्तिम संस्कारमा सहभागी हुन सांसद डेभिड मिङ्मा शेर्पा पनि सोमबारै बेलायत जाने कार्यक्रम रहेको छ।

‘निम्सदाइ’का नामले परिचित पूर्जाले पर्वतारोहण क्षेत्रमा बनाएका कीर्तिमान र अन्तर्राष्ट्रिय पहिचानका कारण उनको निधनले नेपाली पर्वतारोहण समुदायमा गहिरो क्षति पुगेको छ।

सांसद राना मगरले यसअघि प्रतिनिधि सभामा पूर्जाको योगदानलाई राज्यस्तरबाट सम्मान गर्नुपर्ने धारणा राख्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी थिइन्।