मदन कृष्ण श्रेष्ठले पाउने भए छिन्नलता विशेष सम्मान

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
मदन कृष्ण श्रेष्ठले पाउने भए छिन्नलता विशेष सम्मान

वरिष्ठ गायक मदन कृष्ण श्रेष्ठ लाई छिन्नलता गीत पुरस्कार गुठीले विशेष सम्मान गर्ने भएको छ। नेपाली गीत–सङ्गीत क्षेत्रमा लामो समयदेखि पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गर्न लागिएको हो।

विभिन्न विधातर्फ पुरस्कार घोषणा

गुठीका अध्यक्ष वासुदेव त्रिपाठी को सभापतित्वमा सम्पन्न साधारणसभाले यस वर्षका विभिन्न पुरस्कारहरूको पनि घोषणा गरेको छ। गुठीका सचिव दिनेश अधिकारी का अनुसार गीत रचनातर्फ नवराज लम्साल, सङ्गीत रचनातर्फ किरण कँडेल तथा गायनतर्फ विमला राई लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ।

सारिका घिमिरेलाई युवा प्रतिभा पुरस्कार

यस वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार सारिका घिमिरे लाई प्रदान गरिने भएको छ। ‘गुन भुल्यौ, पित्तलको सुन पायौँ होला…’ बोलको गीतमार्फत चर्चा कमाएकी घिमिरेलाई गीत लेखन, सङ्गीत सिर्जना र गायनमा देखाएको सक्रियताका आधारमा सम्मान गर्न लागिएको गुठीले जनाएको छ।

साउन ९ गते सम्मान कार्यक्रम

पुरस्कार तथा सम्मान कार्यक्रम आगामी साउन ९ गते हरिशयनी एकादशीका दिन आयोजना गरिनेछ। उक्त दिन गुठीकी संस्थापिका तथा चर्चित गीतकार स्वर्गीय रमोलादेवी शाह ‘छिन्नलता’ को जन्मजयन्ती पनि परेको छ।