दाङको अर्घु ड्याममा बेपत्ता युवकको गोताखोरद्वारा खोजी

बिहीबारदेखि सुरक्षाकर्मी र स्थानीयवासीले खोजी गर्दा पनि फेला नपरेपछि शुक्रबार बाँकेबाट गोताखोर टोली परिचालन।

रोशनी श्रेष्ठ पाठक
रोशनी श्रेष्ठ पाठक
Read this article also in :English हिन्दी
दाङको अर्घु ड्याममा डुंगा नजिकै गोताखोरी उपकरण तयार गर्दै सशस्त्र प्रहरीका गोताखोर।
अर्घु ड्याममा खोजीको तयारी गर्दै गोताखोर।

घोराही उपमहानगरपालिका–१० स्थित अर्घु ड्याममा नुहाउने क्रममा बेपत्ता भएका अनुप चौधरीको खोजीमा सशस्त्र प्रहरी बलका गोताखोर परिचालन गरिएको छ।

घोराही उपमहानगरपालिका–१२ बेलघारका चौधरी बिहीबार मामाघर गएका बेला ड्याममा नुहाउन पसेका थिए। त्यसक्रममा उनी बेपत्ता भएपछि सुरक्षाकर्मी र स्थानीयवासीले खोजी सुरु गरेका थिए।

विज्ञापन
khoj2

बिहीबार नेपाली सेनाको ज्वाला दल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजी गरे पनि चौधरी फेला पर्न सकेनन्।

पहिलो दिनको प्रयास सफल नभएपछि शुक्रबार बाँकेस्थित सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्व गणबाट गोताखोर टोली परिचालन गरिएको हो।

सशस्त्र प्रहरी निरीक्षक आशिष रावतका अनुसार गोताखोरले ड्याममा चौधरीको खोजी कार्य सुरु गरेका छन्।