नेपालबाट भारततर्फ लैजान लागिएको ठूलो परिमाणको गाँजासहित सिरहामा तीन जना पक्राउ परेका छन्। सीमावर्ती औरही गाउँपालिका क्षेत्रबाट सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम गाँजा बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनापछि शुक्रबार राति औरही गाउँपालिका–१ दरैया क्षेत्रमा […]
नारायणी नदीको बहाव बढेसँगै सुस्ताका बस्ती फेरि कटान र डुबानको जोखिममा परेका छन्। स्थायी तटबन्ध निर्माणको विषय सीमासँग जोडिएको प्राविधिक र प्रशासनिक जटिलतामा अल्झिरहेका बेला स्थानीयवासी आफैं बस्ती जोगाउन नदी किनारमा उत्रिएका छन्। सुस्ता गाउँपालिका–५ अन्तर्गत सुस्ता थारुटोलदेखि नेपाल–भारत सीमास्थलका रूपमा चिनिने सिमलको रुख आसपास अहिले जनश्रमदानबाट अस्थायी तटबन्ध बनाउने काम भइरहेको छ। बुधबारदेखि स्थानीयवासीसँगै […]
नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा गरेको टिप्पणीलाई लिएर सार्वजनिक रूपमा विभिन्न व्याख्या हुन थालेपछि परराष्ट्र मन्त्रालयले औपचारिक स्पष्टीकरण दिएको छ। मन्त्रालयले प्रधानमन्त्रीको भनाइ नेपालको भूमि सुम्पिने वा सीमाको नयाँ व्याख्या गर्ने विषयसँग नभई सीमा क्षेत्रका भोगाधिकार र दशगजा अतिक्रमणजस्ता प्राविधिक समस्यासँग सम्बन्धित रहेको जनाएको छ। मन्त्रालयका अनुसार सीमा क्षेत्रमा देखिने सबै समस्या एउटै […]
काठमाडौंमा आइतबार प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले प्रदर्शन गर्दै प्रधानमन्त्री शाहले संसद्मा दिएको सीमासम्बन्धी भनाइप्रति आपत्ति जनाएको हो। संसद्मा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको केही भूमि मिचेको उल्लेख गरेका थिए। यही अभिव्यक्तिलाई लिएर विद्यार्थी संगठन सडकमा उत्रिएको हो। प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्रीको भनाइ […]
नेपाल र भारतबीचको सीमा विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिले राजनीतिक विवाद निम्त्याएको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको केही भूमि मिचेको जानकारी आफूले पाएको बताएका थिए। प्रधानमन्त्रीको यही भनाइलाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपाले कडा आपत्ति जनाएका छन्। दुवै दलका सांसदहरूले यस्तो संवेदनशील विषयमा तथ्य […]
लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा तथा व्यापारिक मार्गको विषय फेरि राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्र बनेको छ। प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले यस विषयमा नेपाल सरकारले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको र त्यसको जवाफ समेत प्राप्त भइसकेको जानकारी दिएका छन्। प्रधानमन्त्रीका अनुसार नेपालले आफ्नो भूभागसँग सम्बन्धित विषयलाई औपचारिक कूटनीतिक माध्यमबाट उठाएको […]