वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकाशे पुल बनाइने

रोशन श्रेष्ठ
रोशन श्रेष्ठ
Read this article also in :English हिन्दी
काठमाडौंस्थित वीर अस्पतालको भवन
वीर अस्पताल (फाइल तस्बिर)

वीर अस्पतालको एउटा भवनबाट अर्को भवनमा बिरामी लैजान सडक पार गर्नुपर्ने बाध्यता हट्ने भएको छ। काठमाडौं महानगरपालिकाले अस्पतालका नयाँ र पुराना भवन जोड्ने गरी लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको हो।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पुल निर्माणको शिलान्यास गरेकी छन्। चार करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागतमा निर्माण हुने पुलको काम नोभेम्बर १५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

विज्ञापन
khoj2

अस्पतालका दुई भवनबीच महाबौद्ध जाने मुख्य सडक छ। अहिले मेडिकल वार्डबाट सर्जिकल वार्डमा बिरामी लैजान यही सडक पार गर्नुपर्ने अवस्था छ। पुल सञ्चालनमा आएपछि बिरामीलाई शय्यासहित एक भवनबाट अर्को भवनमा लैजान सहज हुनेछ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार अस्पताल परिसरभित्रै पुलको दुवैतर्फ लिफ्ट र सिँढी निर्माण गरिनेछ। लिफ्टमा अस्पतालको शय्यासमेत अट्ने व्यवस्था हुनेछ।

पुल निर्माणपछि बिरामी, स्वास्थ्यकर्मी तथा बिरामीका आफन्तलाई अस्पतालका दुई भवनबीच आवतजावत गर्न सहज हुनेछ।