मकवानपुरमा सुमो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक सुमो जिप मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैँसेमा दुर्घटनामा परेको छ। बिहीबार बिहान घुम्तीमा अनियन्त्रित भएको जिप सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो। दुर्घटनामा घाइते भएका चालकसहित १० जनालाई हेटौँडा अस्पताल पुर्‍याइएकामा तीन जनाको मृत्यु भएको छ। अन्य सात जनाको उपचार जारी रहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

रोशन श्रेष्ठ
रोशन श्रेष्ठ
Read this article also in :English हिन्दी
मकवानपुरको भैँसे खोलामा पल्टिएको जिप नजिक उद्धारमा खटिएका प्रहरी।
भैँसे खोलामा दुर्घटनाग्रस्त जिप र उद्धारमा खटिएका प्रहरी।

मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैँसेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप बिहीबार बिहान करिब ८ः३५ बजे हेटौँडा–भैँसे सडकखण्डमा दुर्घटनामा परेको हो।

विज्ञापन
khoj2

प्राप्त विवरणअनुसार भैँसेस्थित घुम्तीमा जिप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो।

दुर्घटनालगत्तै प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको थियो। चालकसहित १० जना घाइते अवस्थामा अस्पताल लगिएकामा बिहान ९ः२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्।

बाँकी सात जनाको हेटौँडा अस्पतालमै उपचार जारी छ। मृतक तथा घाइतेहरूको परिचय खुलाइएको छैन।

जिप दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।