दानबहादुर कार्कीलाई सर्वोच्चबाट अन्तरिम आदेश मिलेन

सर्वोच्च अदालतले पूर्वआइजिपी दानबहादुर कार्कीको पुनर्बहाली रिटमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। उचित कारण र स्पष्टीकरणको अवसर नदिई हटाइएको दाबी गर्दै कार्की अदालत पुगेका थिए। अब दुवै पक्षको छलफलपछि अन्तरिम आदेशबारे निर्णय हुनेछ।

रोशन श्रेष्ठ
रोशन श्रेष्ठ
Read this article also in :English हिन्दी
प्रहरी पोसाकमा माइक्रोफोनअगाडि बसेका दानबहादुर कार्की।
दानबहादुर कार्की (फाइल तस्बिर)

सर्वोच्च अदालतको बाटो हुँदै फेरि आइजिपीको कुर्सीमा फर्कने दानबहादुर कार्कीको प्रयास यो पटकका लागि रोकिएको छ। आज धेरैलाई लागेको थियो कि सर्वोच्चले कार्कीको पक्षमा आदेश गर्छ होला। तर सर्वोच्चको एकल इजलासले दानबहादुर कार्कीको नाममा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ भने सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

अब अदालतमा दुवै पक्षलाई छलफलका लागि बोलाइनेछ भने छलफलपछि अन्तरिम आदेश दिने वा नदिने भन्ने सर्वोच्चले निर्णय गर्नेछ।

विज्ञापन
khoj2

योसँगै प्रहरी प्रशासनभित्र चलिरहेको अन्योल अब केही कम भएको छ। झन्डै डेढ वर्ष कार्यकाल बाँकी रहेका कार्कीलाई अचानक हटाइएपछि प्रहरी प्रशासनभित्रै मत विभाजन भइरहेको थियो।

सरकारले कुनै वैध कारणबिना आफूलाई स्पष्टीकरण दिने मौका समेत नदिई हटाएको भन्दै कार्की सर्वोच्च अदालत पुगेका थिए। यदि आज सर्वोच्चले कार्कीको पक्षमा अन्तरिम आदेश दिएको भए, मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म सरकारको निर्णय कार्यान्वयनमा रोक लाग्न सक्थ्यो।