ललितपुरको यूएन पार्क अगाडि रेस्टुरेन्ट रहेको भवनमा आगलागी

सेकुवालय रेस्टुरेन्ट सञ्चालित भवनमा लागेको आगो दमकलको सहायतामा नियन्त्रण, कारण खुल्न बाँकी

पुष्पा तामाङ
पुष्पा तामाङ
Read this article also in :English हिन्दी
ललितपुरमा आगलागी भएको भवनबाट बाक्लो धुवाँ निस्कँदै।
यूएन पार्क अगाडिको भवनमा आगलागी हुँदाको दृश्य।

ललितपुरको यूएन पार्क अगाडि रहेको एक भवनमा शनिबार दिउँसो आगलागी भएको छ।

ललितपुर महानगरपालिका–१० को वडा कार्यालयसँगै देब्रेपट्टि रहेको भवनमा आगो लागेको हो। उक्त भवनमा ‘सेकुवालय’ नामको रेस्टुरेन्ट सञ्चालन हुँदै आएको थियो।

विज्ञापन
khoj2

आगलागीको खबर पाएपछि दमकलसहितको टोली घटनास्थल पुगेको थियो। दमकलको सहायतामा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरी परिसर जावलाखेलले जनाएको छ।

आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुलेको छैन। घटनाबाट भएको क्षतिको विवरण पनि प्राप्त भएको छैन।